ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । १९ वर्षीया अधिकारी गत मंसिर १७ गतेदेखि वेपत्ता छिन् । सोहि गाउँपालिका ३ का रमेश अधिकारीलाई हत्या आशंकामा प्रहरीले पक्राउ गरेको छ । रमेशले आफूले मन्दिराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्र.नि. बिष्णु बहादुर खड्काले बताए ।

ति युवाले फूलबारी पुछारमा हत्या गरेर शव तमोर दनीमा बगाएको बयान दिएको उनको भनाई रहेकाे छ । प्र.नि. का अनुसार तमाेर किनारमा मन्दिरकाे आउटर, टप्स तथा रमेशकाे पन्जा समेत भटिएकाे छ । बयानका आधारमा प्रहरी र स्थानीयले तमोर नदीमा शवकाे खोजतलास भइरहेको खड्काले जानकारी दिए ।

तमोर नदी किनारै किनार तेह्रथुम र पाँचथरको सीमा क्षेत्र इवाकाे पुछारसम्म पुगेर शव खोजेको मन्दीराका काका चन्द्र अधिकारीले बताए । तमोर नदी बग्ने जिल्ला तेह्रथुम, धनकुटा, पाँचथर, सुनसरीमा प्रहरीलाई शव खोजिमा सहयोग गरिदिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ । शिक्षण पेशामा रहेका रमेश दुई महिना अघिसम्म मन्दीराको घरमा डेर गरी बस्ने गरेका थिए । मन्दिरा वेपत्ता भएपछि रमेशले गत मंसिर २५ गते विवाह गरेकाे समेत प्र.नि खड्काले जनाकारी दिए । मन्दिरा र रमेश बिच प्रेमसम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया