काठमाडौँ । शीतलहरका कारण अस्तव्यस्त बनेको महागढीमाई नगरपालिका–६ र–७ का वडाका झन्डै एक सय परिवारलाई जिल्ला विपत व्यवस्थापन समतिलिे न्याना कपडा बाढ्दै छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु ।

यो बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानिय लोरिक माझीले बताए । सिडिओ फणिन्द्रमणि पोखरेलको नेतृत्वमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बस्तीमा कम्बल बाँडिरहेको छ ।

यो वर्षको अहिलेसम्मकै अधिक जाडो भएको हो । चिसोकै कारण मुसहर बस्तीको अवस्था कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया