इटहरी । सुनसरीको इटहरीमा पूर्वाञ्चलकै स्तरीय गोरखा होटल यही पौष १६ देखि सञ्चालनमा ल्याइने भएको छ ।

पूर्वी नेपालमा वर्षौअघिदेखि डिपार्टमेन्टल स्टोरको कल्चर बसाएका बलराम आचार्यले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सुरु भए सँगै ४० करोडको लगानीमा तीन तारे स्तरको होटल सञ्चालन गर्ने भएका हुन् ।

जनवरी १(पुस १६ गते) मा एक भव्य समारोहका बीच पूर्वाञ्चलकै स्तरीय होटलको रुपमा निर्माण सम्पन्न गरिएको गोरखाको उद्घाटन गरिने बलराम आचार्यले जानकारी दिए ।

हाल पूर्वका विभिन्न शहरमा आधा दर्जन बढी शाखाहरु संचालन गर्दै आइरहेको डिपार्टमेन्टल स्टोर, रियल स्टेट, कृषिजन्य उत्पादन, बेकरी उद्योग लगायतमा लगानी विविधिकरण गर्दै आएका आचार्यले ४० करोडको एकल लगानीमा गोरखा होटल प्रालि संचालनमा ल्याउन लागेका हुन् ।

इटहरीमा अवस्थित गोरखा डिपार्टमेन्टल स्टोर पछाडि निर्माण भएको ८ तले भवनमा संचालन हुन लागेको उक्त होटलमा ४२ वटा स्वीट रुम रहेको होटलमा सुविधासम्पन्न २ वटा सेमिनार हल तथा ८४ र ५० जना क्षमताको २ वटा सुविधासम्पन्न रेष्टुरेन्ट लगायतका सुविधा रहेको प्रोप्राइटर आचार्यले बताए ।

होटल सुरुवातदेखिको एक महिनासम्म रुम चार्जमा २० प्रतिशत, खाद्यपदार्थमा १५ प्रतिशत र तरल पेय पदार्थमा १० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ ।

सञ्चालन पछि करिब ६० जनाले रोजगारी पाउने उक्त होटल पूर्वतर्फकै सबैभन्दा अगाडि र स्तरीय होटल रहने दाबी गरिएको छ । पाहुनाहरुले रुम लिएपछि ब्रेकफास्टको निःशुल्क व्यवस्था गरिने होटल गोरखाले जनाएको छ ।

Image may contain: bedroom and indoor

Image may contain: 4 people, indoor

Image may contain: 1 person, sitting, table and indoor

तपाईको प्रतिक्रिया