इटहरी । नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि सुनसरीको इटहरीमा सुविधा सम्पन्न गोरखा होटल प्रालि सञ्चालन आएको छ ।

पुर्वी नेपालमा छुट्ै व्यवसायिक पहिचान वनाउन सफल गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालकहरुले प्रदेस नम्बर १को केन्द्रविन्दु इटहरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो । 

प्रदेस नम्बर १मा रहेका भौगोलिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुलाई लक्षित गरी ठुला होटल खुल्ने क्रमसंगै गोरखा होटल सञ्चालनमा ल्याइएको होटल सञ्चालक बलराम आचार्यले जानकारी दिए । होटल उद्घाटन गर्दै प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले इटहरी क्षेत्रमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएर आन्तरिक पर्यटकहरुलाई थप आकर्षित गर्न सक्ने वताए । मुलुकका सुविधा सम्पन्न होटलहरुकै तुलनामा इटहरीमा नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको गोरखा होटलले आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्ने होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले विश्वास लिएका छन ।

होटल उद्घाटनको अवसर र नेपाल भ्रमण वर्षको अवसरमा एक महिना सम्म होटलले विशेष छुटको व्यवस्था समेत दिने जानकारी गराइयो । ४० लाख लागतमा सञ्चालनमा ल्याइएको ४२ कोठे होटलमा स्विट ,एक्जुकेटिभ , डिलक्स र नर्मल रुमहरु रहेका छन ।

तपाईको प्रतिक्रिया