मुटुको रक्तनलिमा परेको चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ । सामान्य रक्तचाप भनेको १२०/ ८० हो ।

माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप र सामान्य रक्तचापबाट कम भएका कम रक्तचाप भएको मानिन्छ । लो ब्लड प्रेसर हुदा यसको केहि उपचार हुँदैन ।

लो ब्लड प्रेसर हुदा आफैले घरमा नुन, चिनी, पानी तथा जीवनजल खाएर बढाउने गर्नु पर्छ । लो ब्लड प्रेसर साधारण सामान्य मानिसलाई हुदा खासै आत्तिनु पर्दैन ।

प्रेसरले बिना कुनै लक्षण देखा नपर्दै भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । प्रेसर भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् । जीवनमा प्रेसर हुने खतरा ९० प्रतिशत हुने गर्छ ।

प्रेसरको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुने र २० प्रतिशत बिरामी पक्षाघातबाट मर्ने गर्छन् । प्रेसरको औषधि एक पटक सुरु गरिसकेपछि जीवन भर निरन्तरता दिनु पर्ने हुन्छ ।

औषधि बिना पनि ब्लड प्रेसरलाई नियन्त्रणमा राख्न सकिन्छ । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपान, रक्सी तथा चुरोटको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोगले प्रेसरलाई नियन्त्रण गर्न सकिन्छ ।

थोरै नुनको सेवन गर्नु भन्दैमा ४ देखि ५ ओटा सब्जीमा कम नुन हाल्नु भन्दा पनि एउटा सब्जीमा ठिक्क नुन हालेर खानु पर्छ ।

खाना खाँदा भात भन्दा पनि धेरै सलाद र सागसब्जी खाने गर्नुपर्छ । सक्दो दिनको एक ग्लास कागती पानीको सेवन गर्नु पर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधारेर प्रेसर घटाउने गर्छ ।

पर्याप्त निन्द्रा नपाएको खण्डमा हामीमा तनावका साथै प्रेसर पनि बढ्छ । उच्च रक्तचापबाट बच्नका लागि समयमा सुतेर दिनको ७ देखि ८ घण्टा सम्म निन्द्रा पुगाउनु पर्छ । दिनको २० देखि ३० मिनेटसम्म व्यायाम गर्दा प्रेसरका साथै तौल पनि घट्ने गर्छ ।

सकेसम्म जंक फूड र फास्टफूडबाट टाढा रहनु पर्छ यसले प्रेसर बढाउने काम गर्छ ।

तपाईको प्रतिक्रिया