इटहरी / नेपाल टेलिभिजनकाे पाचौं च्यानल एनटिभि इटहरीकाे परिक्षण प्रसारण शुरू गरिएकाे छ । शुक्रबार टेलिभिजनले आयोजना  गरेकाे तिनदिने कार्यक्रम/ समाचार उत्पादन, प्रसारण एवं प्रस्तुति अभिमुखिकरण तालिमका बिच परिक्षण प्रसारण गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रदेश नम्बर एकका प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासिले एनटिभि इटहरी शुरूहुनु साैभाग्यकाे कुरा भएकाे बताए । उनले टेलिभिजनले सम्पूर्ण जनताकाे हितकाे प्रतिनिधित्व गर्ने अपेक्षा व्यक्त गरे । उनले सञ्चारले एक ठाउँको सुचना, जानकारी अर्को ठाउँमा पुर्‍याउने मात्र नभई तानाशाहीहरूलाई समेत झुकाउने बताए । उपत्यका पछिकाे दास्राे टेलिभिजन प्रदेश एकले पाएकाेमा खुसी व्यक्त गर्दै प्रदेश एक भाग्यमानी रहेकाे बताए । ‘ याे अवसर पहिले प्रदेश एकले पाएकाे छ , हाम्राे प्रदेश एक नम्बरकै हुन्छ। ‘ उनले भने,’ हाम्राे प्रदेश भाग्यमानी छ , ५अाैँ नम्बरकाे टेलिभिजन प्राप्त गरेकाे छ ।’

त्यस्तै कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विस्टले टेलिभिजनमा स्थानीय विषयवस्तुलाई प्राथमिकता प्रदान गर्ने बताए । काेहलपुर पछि उपत्यका बाहिर एनटिभि इटहरी प्रसारण गर्न लागिएकाे बताउदै उनले च्यानललाई विश्वभर प्रसारण गरिने बताए । यस टेलिभिजनलाई नेपाल टेलिभिजनकाे ३५ अाैँ वाषिर्कोत्सवकाे अवसरमा माघ १७ गतेबाट नियमित प्रसारण गरिने समेत कार्यकारी अध्यक्ष विस्टले बताए ।

तपाईको प्रतिक्रिया