चारकोशे जंगलबार हतियारसहित दुई शिकारी पक्राउ परेका छन् ।शुक्रबार हरिण र बँदेलको शिकार खेल्न जंगल प्रवेश गरेका बराहक्षेत्र–३ भरौलका ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई इलाका वन कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट गएको संयुक्त टोलीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, १४ राउण्ड गोली, दुई थान खुकुरी, २ प्याकेट बारुद र दुई थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया