दुहबी÷सुनसरीको दुहबी ११ स्थित सिमरवोना गाउँमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू भएको छ । सिमरवोना गाउँ निवासी ३० बर्षिय अविवाहित महिला ममता कुमारी तव्दार आइतबार साँझ ६ बजे अचेत अवस्थामा भेटिएकी थिइन ।

उनको नोवेल अस्पतालमा उपचाररत वुधवार राती मृत्यू भएको हो । घाँस काट्न गएकी महिला अवेर साँझ सम्म घर न आएपछि खोजतलास गर्ने क्रममा आफ्नै घरदेखि ५० मिटर छेवमा रहेको एनसेल टावर छेवमै अचेत अवस्थामा अनुहार तथा जिउभरिमा चोट लागेको र मुख बटारिएको शंकास्पद अवस्थामा भेटिएको महिलाकी काकी चम्सीदेवी तब्दारले बताईन ।

मंगलवार इलाका प्रहरी कार्यालय दुहबीमा घटनाबारे जानकारी दिएको उनले बताइन । बलात्कार गरि हत्या गरेको हुँन सक्ने स्थानियहरुले आशंका गरेका छन । उता इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर प्रविण कार्कीले आइतवार भएको सो घटनाको बारेमा आफन्तले वुधवार मात्र जानकारी गराएकोले मुचुल्का उठाइ सकेको मृतक शबलाइ पोष्टमार्टमकोलागि कोशी अञ्चल अस्पताल पठाइएको जनाए ।

तपाईको प्रतिक्रिया