दुई तिहाइको सरकारले पूर्वाञ्चल विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएको नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले आरोप लगाएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कार्कीले विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै प्राज्ञिक क्षेत्रको मानमर्दन गरेको आरोप लगाएका हुन् । उनले उपकुलपति नियुक्त गर्न नसक्दा काम चलाउकै भरमा विश्वविद्यालय चलाउने अवस्था आएको बताए ।

विश्वविद्यालयमा लामो समयसम्म उपकुलपति नियुक्ति नगउँदा आर्थिक चलखेल हुने गरेको कार्कीको विज्ञप्तीमा उल्लेख छ । रजिष्ट्रार र काम चलाउ उपकुलपतिले मिलेमतोमा सहकुलपति शिक्षामन्त्रीलाई पनि प्रभावमा पारी आर्थिक चलखेल गरेको सहजै अनुमान गर्न सकिने उनले बताए ।

विश्वविद्यालय जस्तो सवंदेनशील क्षेत्रमा उपकुलपति नियुक्ति गरी अन्योलमुक्त गर्न प्रमुख सचेतक कार्कीले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया