कतिपय मानिस राती तथा बिहानको समयमा डरलाग्दो सपना देखेर निन्द्राबाट बिउँझिने तथा तर्सिने गर्छन् । डरलाग्दो सपना देखेपछि ब्युँझदा निधार तथा शरीरमा पसिना आएको, जिउ कपको तथा मुटुको ढुकढुकी बढेको पनि हुन सक्छ ।
कहिलेकहिँ सपना यति सम्म गहिरो हुन्छ कि ठम्याउन नै गार्हो हुन्छ सपना हो कि बिपनामा हो भनेर अनि बिपनामै पनि डर लागिरहेको हुन्छ ।

डरलाग्दा सपना देख्नुका विभिन्न कारणहरू छन् । तनावको कारणले पनि डरलाग्दो सपना देख्ने गर्छन् । यदि कुनै विषयले तनावमा छौं भने डरालाग्दो सपना देखिनु स्वाभाविक हो । कुनै घटनाले आघात परेको छ भने पनि डरलाग्दो सपना आउन सक्छ ।

समाजमा डरलाग्दा सपनाले भविष्यको संकेत गर्ने तथा भूतप्रेत, बोक्सी जस्ता विषयहरुसँग जोड्ने र उक्त कुरामा विश्वास समेत समेत गरिएको छ ।

कुनै रोग लागेको समयमा पनि डरलाग्दो सपना आउने गर्छ । तर, वैज्ञानिकहरुले यस विषयमा गहिरो अध्ययन गरेपछि डरलाग्दो सपना देखिनुका कारण र यसको समाधान पत्ता लगाएका छन् । सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्ने हुदा नराम्रो तरिकाले सुत्दा नराम्रो सपना आउने हुन्छ । अध्यनका अनुसार मानिसले देख्ने सपना सुताईको अवस्थामा भर पर्ने निष्कर्ष छ ।

जो व्यक्तिहरु आफ्नो शरीरलाई बाँया तिर कोल्टो पारेर सुत्छन् तिनीहरुलाई ४० प्रतिशत डरलाग्दो सपनाले सताउने र निन्द्रा बिग्रेको पाइएको छ भने दाँया तिर कोल्टो परेर सुत्ने व्यक्तिहरूमा डरलाग्दो सपना १४.६ प्रतिशत मात्र पाए पनि उनीहरुको निन्द्रा सुखद र आनन्ददायी हुन्छ ।

तपाईको प्रतिक्रिया