अन्नपुर्ण पोष्ट,

काठमाडौं : घुँडा दुखेर अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ। झापा चारआली नगरपालिका–१३ की सुनम गौतमको मिर्गाैलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चि’न्ताग्रस्त छ।

झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार यतिबेला काठमाडौं मेडिकल कलेजमा भइरहेको छ। ‘अवस्था क्रिटि’कल नै छ। मिर्गौलामा असर देखिएको छ,’ सुनमका जेठा छोरा संगमले भने। ३९ वर्षीया सुनमको दायाँ घुँडाछेउ एक्कासी दुख्न थाल्यो। घुँडाको केही भाग सुन्निएपछि उनी उपचारका लागि बी एन्ड सी अस्पताल पुगिन्। बी एन्ड सी अस्पताल पुगेकी सुनमलाई जनरल फिजिसियन डा.लक्ष्मण ठाकुरले मंसीर २७ गते जाँच गरि औषधि प्रेस्क्राइब गरेका थिए।

बी एन्ड सीका चिकित्सकले ‘प्रेस्क्राइब’ गरेको औषधि सेवनले प्रतिक्रिया गर्दा सुनमको अनुहार बि’ग्रँदै गएको छोरा संगमले जानकारी दिए। अस्पतालमा डा. ठाकुरले प्रेस्क्राइब गरेको इन्डोमेथासिन क्याप्सुल र लिवोफ्लोक्स–७५० औषधि सेवन गरेपछि उनको अवस्था बिग्रँदै गएको उनले बताए। अस्पतालमा विभिन्न परीक्षण गरिएको परिवारले जनाएको छ। डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधिको प्रभावले शारीरिक क्षति पुगेकाले नयाँ औषधि खुवाउनु पर्ने सुझाव काठमाडौं मेडिकल कलेजका चिकित्सकले दिएका छन्।

बिरामी सुनमलाई शारीरिक, मा’नसिक र भावनात्मक क्षति पुगेको परिवारका सदस्यले बताए। चिकित्सकको हेल’चेक्र्याइँका कारण सुनम दिनहुँ डे«सिङ गर्दा रुने गरेको सुगमले बताए। उनको अनुहार यतिबेला नचिनिने अवस्थामा छ। अनुहार पोलेकोजस्तो देखिन्छ। ‘शरीरको सबै ठाउँ पोलेजस्तो देखिन्छ। कुनै ठाउँ बाँकी छैन,’ संगमले भने। स्वास्थ्य अवस्था बि’ग्रँदै गएपछि मंसिर १ गते उडानबाट काठमाडौं ल्याइएको थियो। काठमाडौं मेडिकल कलेजमा उपचाररत सुनमको मिर्गौलामा असर परेको चिकित्सकले जनाएका छन्। ‘मिर्गौलामा असर पुगेको छ। जुनसुकै बेला पनि डायलासिस गर्नुपर्ने हुन सक्छ भनेर डाक्टरले भनेका छन्,’ संगमले भने।

औषधिको असरबाट सुनमको शरीरमा क्षति पुगेको भन्दै पीडित परिवारले क्षतिपूर्ति मु’द्दा हाल्ने भएको हो। मुलुकी अपराध (संहिता) ऐन र उपभोक्ता हित संरक्षण ऐनका आधारमा चिकित्सकीय लाप’रबाहीमा क्षतिपूर्ति भराइ पाउन मुद्दा दायर गर्ने कानुनी बाटो छ। यो समाचार अन्नपुर्ण पोष्टमा  छ ।

तपाईको प्रतिक्रिया