ट्राफिक नियम तोडेका कारण ट्राफिक प्रहरीले जरिवाना तिराएको रिमा एक युवकले आफ्नै मोटरसाइकल ज’लाइदिएका छन् । दक्षिण दिल्लीको ग्रेटर कैलाशमा बुधबार ती युवकलाई पुलिसले जरिवाना तिराएका थिए । यही रि’सले उनले आफ्नै मोटरसाइकलमा आ’गो लगाएका हुन् । ती युवकलाई बिना हेल्मेट मोटरसाइकल चलाएको आ’रोपमा जरिवाना तिराइएको थियो ।
प्रहरि भन्छन् उनले हेल्मेट नलगाइ सवारी साधन चलाएका थिए । बिना हेल्मेट मोटरसाइकल चलाइरहेका विकास नामका ती युवकलाई पुलिसले रोकेर लाइसेन्स मागेको थियो । बिना हेल्मेट मोटरसाइकल चलाएका उनलाई ट्राफिकले चलान का’टेको थियो । रि’समा आफ्नै मोटरसाइकल ज’लाएका उनलाई पुलिसले मु’द्दा दर्ता गरी हिरासतमा राखेको छ ।






















