तेह्रथुम/ तेह्रथुम स्थित तमाेर नदीकाे फाक्चुवा दाेभानकाे सेती वगरमा माझीले भेट्टाएकाे शव ताप्लेजुङवाट ३२ दिन देखि वेपत्ता भएकी फूलवारी चाेकपुरकी किशाेरी मन्दिरा अधिकारीकै भएकाे पुष्टि भएकाे छ ।

मृतक मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिराकाे अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएकाे चुरा र जिउमा लगाएकाे राताे टि सर्टका अाधारमा मन्दिराकाे शवकाे पहिचान भएकाे हाे । मन्दिराकाे शव पहिचान पछि  शवलाई डुङ्गा वाट तमाेर तारेर पाेष्टमार्टमकाे लागि फिदिम अस्पताल तर्फ लगियो /

तमाेरकाे वगरमा एक किशाेरीकाे शव फेला परे पछि दुई दिन देखि उक्त स्थानमा तेह्रथुम प्रहरी शवकाे सुरक्षा दिएर वसेकाे थियाे । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारका अनुसार माछा मार्ने क्रममा पाँचथरकाे सिम्लेका धनवहादुर माझीले उक्त शव फेला पारेका थिए । प्रहरी द्वरा गत पुस ९ गते पक्राउ परेका ताप्लेजुङ हाङपाङका रमेश अधिकारीले मन्दिराकाे हत्या अाफुले नै गरेकाे भनेर स्विकारि सकेका छन् । मन्दिराकाे हत्या गत मंसिर १७ गते ताप्लेजुङकाे नाङखाेल्याङ र फूलवारीकाे सिमाना भएर वग्ने तमाेर नदीकाे किनारमा रहेकाे मित्ला खेतमा गरेर उनकाे शवलाई मित्लाकाे झाेलुङ्गे पुलवाट तमाेरमा झारेकाे भन्दै रमेशले प्रहरी सँग घटनास्थलमै अाएर यस अघि नै यसकाे पुष्टि गरिसकेका थिए । यदपी मन्दिराकाे शव नभेटिएका कारण उनलाई हाल सम्म बेपत्ताकाे सुचिमा राखिएकाे थियाे। हत्या अाराेपित रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पुस ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । हत्या अाराेपित रमेश पेशाले शिक्षक हुन् । चार वर्ष सम्म मन्दिराकै घरमा वसेर फूलवारी स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेशा गरेका रमेश हाल अाफ्नै गाउँ अर्थात हाङपाङ स्थित सरस्वती माध्यमिक विद्यालयमा अस्थायी करार सेवामा रहेर शिक्षण पेशा गरिरहेका थिए । रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् । उनीहरु सँग तिहारमा लगाएकाे भाईटिकाकाे गहिराे भावनात्मक सम्बन्ध समेत थियाे । गत मंसिर १७ गते फूलवारी स्थित अाफ्नै घरवाट बेपत्ता भएकी मन्दिरालाई रमेशले घरैवाट अपहरण गरि लगेर बलात्कार पछि मारेर तमाेरमा फालेकाे हुन सक्ने मन्दिराका परिवारकाे अाराेप छ ।

तपाईको प्रतिक्रिया