पुष २०, काठमाडौं । गृहकार्य नगरेको भन्दै रुपन्देहीको एक विद्यालयका विद्यार्थी शिक्षकबाट कुटिएका छन् ।

रुपन्देही सम्मरीमाई गाउँपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट उनको आँखामा गम्भीर चोट लागेको छ । आँखा सुन्निएर राम्रोसँग हेर्न पनि सकेका छैनन् ।

उनी हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत छन् । उनलाई परिवारले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवा ल्याएको होे ।

तौफिकका परिवार इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिन गएका छन् । प्रहरीले उजुरी लिन नमानेको परिवारको गुनासो छ । मर्चवार प्रहरीले भने प्रक्रिया नपुगेका कारण उजुरी लिन नसकिएको बताएको छ ।

यता शिक्षक शैलेन्द्रले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । गृहकार्य नगरेका कारण कुटपिट नभई मात्रै तर्साएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया