DSC_0631

इटहरी । लामो समय देखि लाईसेन्ससवारी चालक अनुमती पत्र नपाएका सफारी चालकहरु स्थानीय सरकार विरुद्ध खनिएका छन । लाईसेन्स नपाए पछि विरक्तीएका सफारी चालकहरुले स्थानीय सरकारले लाईसेन्स वितरण गर्ने माग गरे ।

लाईसेन्स वितरण प्रणालीमा यातायात कार्यलयले समेत वेवस्ता गदै आएको भन्दै सफारी चालकहरु आक्रोशित भएका हुन । लामो समय देखि सफारी चलाएर घरबार चलाउँदै आएका उनीहरुले लाईसेन्स समयमा नपाएको भन्दै आपत्ती जनाउँदै आएका छन ।

इटहरी उपमहानगरपालिकामा भेला भएर उनीहरुले स्थानीय सरकारको राजीनामा समेत माग गरेका छन । स्थानीय सरकारले सहज रुपमा लाईसेन्स वितरण माग गर्दै उनीहरु आन्दोलित भएका हुन । इटहरी उपमहानगरले जथाभावी सिटिसफारीलाई अनुमती दिए पनि अधिकांसले अहिले लाईसेन्स विनानै सफारी चलाउँदै आएका छन ।

तपाईको प्रतिक्रिया