सिरहाको गोलबजार नगरपालिका–६ मा सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवतीको सामुहिक बलात्कार भएको हो ।
गोलबजारमा आफन्तकोमा आउँदै गरेकी उक्त युवतीको मोबाइल ‘अफ’ भएपछी उनी मोवाईज चार्ज गर्न सोही स्थानकै मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिईन् ।
सैलुन भित्र रहेका धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार–२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ भनेर मोवाइल चार्ज गर्न लगेको र मोवाइल जार्च गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोवाईल नदिएपछि मोबाईल लिन उनीहरुको डेराभित्र पसेकी उक्त युवतीलाई उनीहरु दुवैले ढोकाको चुक्कुल लगाएर करणी गरेको प्रहरीले जनाएको छ ।
आफू बलात्कृत भएपछी युवतीले सडकमा आएर रोएपछी उक्त घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख एवं प्रहरी निरीक्षक जनक पुरीले बताए ।
स्थानियले खबर गरेपछी तत्काल त्यहाँ पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नुको साथै बलात्कार गर्ने ती दुवै पुरुषलाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका ती दुई पुरुषमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।






















