काठमाडौं । प्रेम सम्बन्धलाई लिएर पर्सामा डरलाग्दो घटना भएको छ । गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफ्नै बुवाले छोरीको ज्यान लिएका छन् । घटना पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाको हो ।

स्थानिय १५ वर्षीया पुनिता कुमारी महतोको परिवारले नै ज्यान लिएर रातको समयमा खोला किनारमा लगेर जला’एका थिए । उनको ज्यान सरोदर काका र बुवा मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा पाँच जनाको संलग्नता खुल्न आएको प्रहरीले जानकारी दिएको छ । पुनिताका बुवा वीरेन्द्र महत्तो हाल फरार रहेका छन् भने आमा र काकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ज्यान लिएर ला’श ट्याक्टरमा राखेर रातको समयमा खोला किनार लगेका थिए । हाल घटनामा संलग्न ट्याक्टर चालकसहित परिवारलाई नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ला’श जलाएको ठाँउबाट संकलन गरेको माटो लगायतको खरानी संकलन गरिसकेको र परीक्षणका विधि–विज्ञान प्रयोगशाखामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया