पुस २३, काठमाडौँ । बुधबार प्रहरीले सर्लाहीमा राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

बुधबार  पीडित पक्षले गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो गरेपछी जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई खनाले यादवलाई पक्राउ गर्न आदेश दिएको हो ।

बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति रहेका यादवमाथी जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया