इटहरी/नेपालमै पहिलो इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व  दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ।इटहरीमा निर्माण हुन लागेको स्मार्ट पार्किङ्ग अवको ४ महिना भित्रमा सम्पन्न भएर सञ्चालनमा आउने भएको उपमहानगरका इन्जिनियर जीवन घिमिरे बताए । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजनाअन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको र करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुनेछ ।

निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको र संचालनमा आएपछि उक्त ठाउँमा सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ । त्यहाँ पार्क गराउन ल्याएका सवारी साधनहरू सफटवेयरको अटोमेटिक सिस्टमका अनुसार एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने र पछि १ मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ । साथै, त्यस ठाउँमा गाडी धुने स्मार्टवास र कफिसपको पनि ब्यवस्था हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया