alt

सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाको फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सुर्खेतबाट यात्रु लिएर जाजरकोट जाँदै गरेको गाडी आज बिहान साढे ८ बजेको समयमा बनगाड कुपिण्डे–११ बालुवासंग्रही नजिकै दुर्घटना भएर १ सय ५० मिटर तल खसेको हो ।

उक्त गाडी दुर्घटनामा परी १७ जना घाईते मध्ये ५ जना गम्भीर घाइते भएका छन् भने १२ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय सल्लिवजारले जनाएको छ । हाल घाईतेहरु सबैको नेपालगञ्जमा उपचार भईरहेको छ।

घाइते हुनेमा २ वालक, महिला ६ र पुुुुरुष ९ जना रहेको जनाएको छ। तिव्र गतिका कारण भएको हुुुुुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया