पुस २४, मोरङ । मोङमा बालिका बलात्कारको आरोप लागी अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले २ वर्षपछी पक्राउ गरेको छ ।  २०७५ साल असार २६ गते  सर्वोच्च अदालतले २ वर्ष ६ महिना कैदको फैसला गरेपछी फरार रहेका मोरङ कानेपोखरी गाँउपालिकाका  २४ वर्षीय यामबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चिसाङ खोलामा बालुवा लोड गरिरहेको बेला प्रहरीलाई देखेपछी भाग्ने क्रममा पक्राउ गरिएको मोरङ पथरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीलिप गिरी जानकारी दिए ।

उनका अनुसार विहीबार सार्कीलाई  जिल्ला अदालत मोरङमा पेश गरिएको थियो। सो क्रमाम अदालतले सार्कीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

तपाईको प्रतिक्रिया