ईलाम / ईलामको सुर्योदय नगरपालिका-१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा भाईको मृत्यु भएको थियो ।
यही पौष-२० गते राती स्थानीय ४८ बर्षीय रामबहादुर रसाईली र ४६ बर्षीय हर्क बहादुर रसाईली विच मादक पदार्थ सेवन गरी झै-झगडा हुदा दाजु राम बहादुरले भाई हर्क बहादुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।
भाई हर्क बहादुरको मृत्यु पश्चात फरार रहेका रामबहादुर रसाईलीलाई खोजतलास गर्ने क्रममा उनलाइ हिजो झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।






















