इनरुवा । सुनसरी क्षेत्र नं ४ का सासद ज्ञानेन्द्रबहादुर कार्कीले हरिनगर गाउपालिकामा ८३ लाखको लागतमा निमार्ण भएको अत्याधुनिक सामुदायिक विद्यालय हस्तान्तरण कार्यको उद्घाटन गरेका छन ।
शुक्रवार हरिनगर गाउपालिकाको रामनगरभुटाहामा रहेको बालकृष्ण माविको नवनिर्मित ५ कोठे भवनको हस्तान्तरण कार्यक्रममा उद्घाटन गरि कक्षा कोठामा पठनपाठनका लागी सुरुवात गरेका हुन ।
सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिकाका दुई विद्यालयमा पठनपाठनमा सहजताकालागि सामाजिक क्षेत्रमा कार्य गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटी काठमाण्डौले सुनसरीका दुई विद्यालयमा ८३ लाखको पूर्वाधार निर्माण गरिदिएको हो ।
कार्यक्रममा बोल्दै सासंद तथा पुर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको दक्षिणवर्ती क्षेत्रका बालबालिकाहरुलाई विद्यालय सम्म पहुँच पु¥याउन शिक्षाक्षेत्रमास्थानिय सरकार, प्रदेश सरकार र संद्यिय सरकार मार्फत पुर्वाधार विकास योजना सञ्चालनमा आफु जोड दिएको बताए । सासद कार्कीले भने शिक्षा, स्वास्थ्य, सडक, सिचाई लगायतका समस्याहरुमा विगत देखी आफुले हरिनगर लगायतका ४ नं निर्वाचन क्षेत्रमा काम गर्दै आएकाले यस क्षेत्रको विकासका लागी काम गरिरहने बताए ।
सोसाइटीले भुटाहामा रहेको बालकृष्ण माबि र घुस्कीको हिलाल पब्लिक स्कूलमा सुविधा सम्पन्न कक्षा कोठा सहितको भवन निर्माण गरि हस्तान्तरण गरेको छ
सोसाइटीका प्रमुख नजरुल हसनका अनुसार विद्यालयमा पठानपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्यसाथ सहयोग उपलब्ध गराइएको हो । हसनले दुवै विद्यालयमा ५ कोठे पक्की भवन सहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए ।
उनले अन्य क्षेत्रमा समेत सहयोगको प्रतिवद्धता व्यक्त गरे । निर्माण सम्पन्न संरचना एनडीएसले औपचारिक कार्यक्रमकाबिच विद्यालयलाई हस्तान्तरण गरेको छ ।
बालकृष्ण माविमा आयोजित कार्यक्रममा प्रदेश सांसद ताहीर अन्सारीका साथै गाउँपालिका अध्यक्ष गफार अन्सारी, नेपाल मुस्लीम संघ प्रदेश एक संयोजक इसराईल मन्सुरी, स्वतन्त्र सेनानी संघका अध्यक्ष नन्द सिग्देल, नेपाली काग्रेसका नेता सदानन्द मण्डल, नइम अन्सारी लगायतको सहभागीता रहेको थियो ।
एनडीएस मुस्लिम संस्था भएपनि सबैजसो क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको संस्थाका पर्यवेक्षणकर्ता आफताब आलमले जानकारी दिए ।
आफताबका अनुसार सुनसरीका दुई विद्यालयमा ४१ लाख ५० हजारका दरले कक्षा कोठा निर्माणमा सहयोग प्रदान गरिएको छ ।
एनडीएसले नेपालका १४ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानीका साथै विपन्न, दलीत, गरिव र असहाय समूदायको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।






















