काठमाडौं । धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलीप महतोलाई ‘लिभर’ प्रहार गरी घाइते बनाएर किचेर हत्या गरिएको खुलेको छ । शनिबार अबेर साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलीपको दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेको बताए ।

दिलीप हत्या आरोपमा चार पक्राउ
हत्याको मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोतरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।
हत्याको विरोधमा शनिबार साँझ राजधानीमा दीप प्रज्जवलन गर्दै वातवरण संरक्षण अभियान्ताहरुले दिलीपलाईपर्यावरण सहिद घोषणा गर्न माग गरेका छन् । दिलीप महतोलाई जानीजानी टिपर प्रयोग गरेर मारिएको देखिन्छः । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।






















