इटहरी । बेपत्ता श्रीमान खोज्दै काठमडौंबाट इटहरी आईपुगेकि एक महिला सुनसरीको इटहरीमा बलात्कृत भएकि छिन । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमानको खोजीमा भौतारिएकी ३२ वर्षीया महिला आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा बलात्कृत भएको अवस्थामा स्थानियले फेला पारेका छन । इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जवरजस्ती सफारीमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा जवरजस्ती गरेको अबस्थामा स्थानियले फेला पारेका थिए ।
स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा एक दिदिको शरणमा रहेकी ति महिला आइतबार दिउसो श्रीमान खोज्न इटहरी आएकी थिईन् । सोही क्रममा सिटिमा चढेर बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फोन गरेर अर्को सन्दिपलाई पनि बोलाएर जवरजस्ती बुढी खोला लागेको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।‘हामीले सिटि सहित दुवैलाई घटनास्थलबाटै नियन्त्रणमा लिएका छौ’ श्रेष्ठले भने ‘दुबैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको अबस्था छ ।’महिला आफ्नो वेपत्ता श्रीमान खोज्न इटहरी आएको अबस्थामा सिटि चालकले ‘मद्धत गर्ने’ वहानामा करणी गरिएको उनले बताए ।






















