विराटनगर/ विराटनगरमा वेवारिसे अवस्थामा रहेका एक जना मानसिक रोगीका विरामीलाई विराटनगरका युवाहरूले उद्धार गरेका छन् ।
विराटनगरको महेन्द्रचौक स्थित भेटिएका मानसिक रोगीलाईआज दिउँसो उद्धार गरेका हुन् ।

अन्दाजी ३० वर्षका देखिने मानसिक रोगीका विरामी पुरुषलाई विराटनगरको कोशी अस्पतालमा उपचार गरी विराटनगरस्थित मानव सेवा आश्रममा लगिएर राखिएको सामाजिकअभियानकर्ता पेरिस सुवेदीले बताए ।
यस अघि यस्तै मोरङको विभिन्न स्थानहरुबाट समाजसेवि कार्यहरु सुवेदी सहितको युवाहरूले गर्दैआईरहेको वताएका छन् ।






















