सप्तरी । राजविराज–८ स्थित एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
मंगलबार दिउँसो कार्यालय भवनको भर्याङमा बेवारिसे अबस्थामा भेटिएको बस्तु बम भएको आशंकामा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
कार्टुनमा प्लाष्टिकले बेरेर राखिएको अबस्थामा बम फेला परेको सप्तरी प्रहरीले जनाएको छ । बम कसले राख्यो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






















