
यस इन्स्योरेन्सले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यु दावी भुक्तानी उनले ईच्छाएको व्यक्ति उनको श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई हस्तान्तरण गरेको हो ।
स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेको र उनको गएको कार्तिक ४ गते दुर्घट्ना कारणबाट मृत्यु भएपछी सोही वीमा दावी वापत एक करोड तीन लाख पन्ध्र हजार रुपैयाँको चेक उनको श्रीमतीलाई विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराउनु गराए । कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरि प्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमन कुमार राई, चीफ बिजनेश म्यानेजरहरु बन्धु कुमार निरौला, दीपा ओली लगायत विजनेश मेनेजर, अभिकर्ताहरु एवम स्व. दंगालका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो ।






















