इटहरी । सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु भएको छ ।
कम्प्युटर एसोसियसन नेपा महासंघ सुनसरीको आयोजना तथा क्यान प्रदेस नम्बर १को संयोजन रहेको मेलाको प्रदेस नम्बर १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन ।
सुचना र प्रविधिका साथै आईसीटीका क्षेत्रमा भईरहेको विकासलाई समेटने गरी आयोजना गरिने मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेस नम्बर १मा सुचना प्रविधिका विषय विद्यालय तहमा मात्र नभएर बाहिर पनि उच्च प्रविधि पुर्याउने योजनामा रहेको वताए । उनले सुचना प्रविधिका क्षेत्रमा उच्च प्रविधिका लागि प्रदेस सरकारले नितिगत तथा कानुनी व्यवस्था मिलाएर आर्थिक सपोट समेत गर्दै जाने जानकारी गराए । प्रदेस १कै विकसीत सहरका रुपमा रहेको इटहरीमा सुचना प्रविधि सम्वन्धी ठुलो प्रर्दसनी कक्ष वनाउन समेत प्रदेस सरकार तयार रहेको मन्त्री कार्कीको भनाइ रहेको थियो ।


कार्यक्रममा सुचना प्रविधिका विषयमा प्रदेस सभा सदस्य लिलम बस्नेत , सर्वध्वज साँवा,उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतले बोलेका थिए ।
पाँच दिन सम्म चल्ने क्यान इफोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको बिभिन्न उच्च प्रविधिका सामग्रीहरुका स्टल रहेका छन । त्यसै गरी मेलामा कम्प्युटर एक्सेसरिज, एन्टि भाइरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्श्निका साथै विक्रीका लागि राखिएका छन ।






















