विराटनगर / मोटरसाइकलको ठक्कर बाट भएको दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका–७ डंग्राहामा बुधबार साँझ एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय छेतधर्नु खाँ थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका बेला बुधबार दिउँसो ठक्कर दिएर घाइते बनाएपछि वृद्धको उपचारका क्रममा साँझ टंकीसिनवारीस्थित  विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।  मोटरसाइकल र चालक बूढीगंगा–७ का २३वर्षीयअक्ष्यकुमारचौधरीलानियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया