दाङको चिसापानीमा पश्चिमबाट आउँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।
प्रहरीका अनुसार मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुन पुग्दा दाडको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशीपुरका टोपलाल केसी गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका केसीलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।






















