alt

मोरङ  / मोरङ पथरीशनिश्चरे नगरपालिका- ५ शान्ति चोक बस्ने वर्ष ३८ को रामजी रिजालको घरमा आगलागी हुँदा लाखौ रुपैया बराबरको क्षती भएको छ ।

आज बिहान ८ बजेको समयमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा टिनको छाना भएको २ तले काठको घर, घर भित्र रहेको सुन-१७ तोला, चाँदी-२० तोला, नगद ३ लाख ५५ हजार, अन्नपात, लत्ताकपडा , भाडावर्तन, फर्निचर, गरी अंदाजी ५५ लाख बराबरको क्षती भएको छ ।

घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरी, प्रहरी चौकी कुशेचौरी र अमरदहबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया