श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
पुस ६ गते प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनले आफ्नी ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
शेरचनलाई श्रीमती हत्या गरेको अभियोगमा जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि थुनामा कारागार चलान गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार घरमा श्रीमान र श्रीमती मात्रै बस्दथे । मदिरा सेवनबाट हुन गएको झगडाका कारण शेरचनले श्रीमतीलाई कुटेर हत्या गरेको डिएसपी कार्कीले बताए ।






















