नियक्त हुने चार राज्य मन्त्री मध्ये विश्वास पूर्व माओवादी र अन्य तीन जना पूर्व एमालेबाट हुन् । गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, रानालाई भूमि कृषि तथा सहकारी र विश्वासलाई उद्योग वन पर्यटन तथा वतावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले बतायो ।
प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् । प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे, उद्योग वन मन्त्रीमा जगदिश कुसियैत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो छन् । आङ्वो पूर्व माओवादी र अन्य पूर्व एमालेबाट हुनु हुन्छ ।






















