मकवानपुर । मकवानपुरको दमन स्थित एक होटलमा बेहोस भएका ८ जनै भारतीय पर्यटकको मृत्यु भएको छ  ।

मंगलबार बिहान  होटलमा उनीहरू बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई  खबर गरेका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी जनामएको छ ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुनेको नामावलीः

वर्ष ३८ रञ्जित कप

वर्ष ३४ इन्द्र

वर्ष ३७ प्रविन

वर्ष ३२ सरिया

वर्ष ५ अभी

वर्ष ७ अर्चना

वर्ष ५ वैष्णव

वर्ष ९ बन्द्रा

तपाईको प्रतिक्रिया