मोरङ / मोरङको लेटाङ नगरपालिकामा   खसीको मासु किनेर घर फर्किदै गरेकी एक बालिका बलात्कृत भएकी छिन् ।

मोरङको लेटाङ नगरपालिकामा सोमबार साँझ गाउँमा काटिएको खसीको मासु किनेर फर्किदै गरेकी बालिका बलात्कारको सिकार भएकी हुन् ।

बलात्कारको आरोपमा प्रहरीले लेटाङ जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीको आधारमा कार्कीलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए ।

कार्कीले ती बालिकालाई आफ्नै घर भित्र लगेर बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया