मकवानपुर । मकवानपुर जिल्लाको  नवलपुरमा मंगलबार राति जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना घाइते भएका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे होटौंडा उपमहानगरपालिका–११, नवलपुरमा  एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१९ का २१ वर्षीय सुनिल स्याङ्तान र पछाडि सवार मकवानपुर ज्यामिरेका १८ वर्षीय साजन भोलन घाइते भएका थिए ।

घाइते भएका चालक स्याङ्तानको उपचारको क्रममा हेटौंडा अस्पतालमा राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका साजनको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुवै सवारी साधन र जीप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया