बिराटनगरमा रहेको लडबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सहचालककाे मृत्युु भएको छ।

दैनिक रंगेलीबाट बिराटनगर बिद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे जादै गर्दे घनपालथान गाउँ पालिका ४ स्थित रामचाेकमा बस अनियन्त्रित हुदा बस पल्टिँदा सह चालक बिराटनगर १५ बस्ने बर्ष ३२ का सानू साहकाे मृत्यु भएको छ भने बसमा सबार ११ जना बिद्यार्थी घाइते रहेको रंगेली प्रहरीले जनाएको छ ।
उनिहरुकाे बिराटनगरमा उपचार भईरहेकाे छ भने चालक फरार रहेकाे र खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएको छ ।






















