काठमाडौँ / चाबहिलस्थित धोवी खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ। सालनालसहितको उक्त शव बिहीबार बिहान फेला परेको हो ।
हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर फालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ । शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ
शिशु कसले फालेको भन्नेबारे अनुसन्धान थालिएको प्रवक्ता होविन्द्र बोगटीले बताए ।






















