उदयपुर / उदयपुर त्रियुगा नगरपालिका-१४ जितपुर स्थित सगरमाथा राजमार्गमा बस दुर्घटना भएकाे छ । विपरित दिशाबाट आएका बसहरु एक आपसमा ठक्कर खाई दुर्घटना हुदा २८ जना घाईते भएका हुन ।

बिहिवार दिउँसो सँवा १२ बजे गाईघाटबाट साउने तर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठेकिदा मे १ ख १७४० नम्बरको बसमा सवार १३ जना र अर्को बसमा सवार १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईते मध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने १० जनालाइ थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया