हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जना पक्राउ परेका छन् । मायानगरी मुम्बइमा पुलिसले होटलमा छापा मारेर ठूलो सेक्स र्याकेटको भण्डारफोर गरेको छ ।

पुलिसले ३ जनालाई पक्राउ गरेको छ जसमध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् । उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्थे ।
मुम्बइ पुलिसलाई आफ्नो स्रोतले यहाँको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारी दिएको थियो । स्रोतले यो यौनधन्दामा विदेशी युवती सहभागी रहेको बताएको थियो ।
पुलिसले होटलमा छापा मारेर यौनधन्दामा संलग्न तीन जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ विदेशी र एक मुम्बइकै युवती हुन् । पुलिसले उनीहरुका २ एजेन्टलाई पनि पक्राउ गरेको छ ।
यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै थिए । पुलिसले युवतीहरुसँगै उनीहरुका एजेन्ट जावेद र नावेदलाई पनि पक्राउ गरेको छ । यी दुईले युवतीहरुका लागि ग्राहक ल्याउने काम गर्थे ।
पुलिसका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइन्थ्यो ।






















