मोरङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । मोरङ उर्लाबारी-९ बस्ने ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हाे ।

शनिवार बेलुका ८ बजे झापा दमक नयलबारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया