युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो।उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

रमेशको घटनास्थलमै ज्यान गएको उनको चिनजानमा रहेका साथी प्रमोद तामाङले जानकारी दिए । रमेश नेपालबाट एक महिना अघिमात्रै युएई आएका थिए। उनी दुबईमा रहेको क्लेन्को कम्पनीमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएका थिए । उनको शवलाई अहिले पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया