काठमाडौंको बालाजुमा एक समूहले खुर्सानीको धूलो छर्केर ५० लाख लुटेको छ।
बच्चुराम गुरुङको आँखामा खुर्सानीको धूलो छर्केर उनले बोकेको ५० लाख रुपैयाँ लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
जग्गाको बैना रकम लिएर पुगेका गुरुङको साथबाट बालाजुमा उक्त रकम लुटपाट गरिएको हो।
घटनामा छ जना संलग्न रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। छ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरी सार्वजनिक समेत गरेको छ। काभ्रेस्थलीमा जग्गा किन्न उनले उक्त रकम बैनाका लागि बोकेका थिए।






















