झुम्काको एक पसलबाट अखाद्य बस्तु बिक्री गरेको पाइएको छ । उपभोक्ताले बिस्कुट किनेर खान खोज्दा म्याद गुज्रेको अखाद्य बस्तु भेटिएको हो ।

नानीको लागि बिस्कुट खरिद गरी प्याकेट खोल्दा बिस्कुटमा किरा र किराको अण्डा भेटिएको छ ।

फुल पारिएको अवस्थामा पुतलीसमेत सो बिस्कुटभित्र रहेको पाइएको छ । एशियन बिस्कुट एण्ड कनफेक्सनरी प्रा.लि.बाट उत्पादित “फन सेन्टर ओरेन्ज क्रिम बिस्कुट” किनेर खान खोज्दा कुहिएको भेटिएको हो ।

वडा नं. ५ निवासी सुनिल पोख्रेलले सो बिस्कुट ३ वटा खरिद गरी नानीलाई दिएका थिए ।

सो वडामै झुम्का स्थित रहेको पसलबाट शुक्रवार खरिद गरेको बिस्कुट नानीलाई खुवाउन प्याकेट खोल्दा बिस्कुट खान योग्य नरहेको पोख्रेलले आफु थाहा पाएको जानकारी दिए ।

शियन बिस्कुट एण्ड कनफेक्सनरी प्रा.लि.ले सन् २०१८÷११÷२२ मा उत्पादन गरिएको देखिन्छ ।

जस्को उपभोग गर्न ९ महिनासम्म मिल्लने लेखिएको छ । सन् २०१९ अगस्त २२ मै म्याद नाघिसकेको भएपनि हाल सन् २०२० जनवरी भईसक्दा पनि सो पसलेले बिक्रीका लागि राखेका हुन् ।

तपाईको प्रतिक्रिया