इटहरी / सुनसरीको दुहवी नगरपालिका-१२ पुर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको छ ।

स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको दुहवी प्रहरीले बताएकाे छ । त्यसैगरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया