धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा  कार्यरत दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब १५ महिना अघि  बिवाह गरेकी श्रेष्ठ आफ्नै डेरामा  झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । करिब एक महिना अघी  धनगढीमै आफ्नै डेरामा  २० वर्षीया  स्टाफ नर्स सोनम ऐर मृत अवस्थामा फेला परेकी थिईन् ।

तपाईको प्रतिक्रिया