सप्तरीको शम्भुनाथमा बुधबार बिहान प्रदेश १ सचिवालयको जीप दुर्घटना भएको छ। परिवारसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दिपक घिमिरे चढेको प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप दुर्घटनामा परेको सप्तरी प्रहरीले जनाएको छ।

दुर्घटनामा उपसचिव दिपक र उनका छोरा ११ वर्षीय दिघार्यु घिमिरे घाइते भएका छन्। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको जीप शम्भुनाथमा दुर्घटना हुँदा घिमिरे र छोरा घाइते भएका छन् भने श्रीमति र छोरी सकुशल रहेका छन्।

उपचारपछि घिमिरे विराटनगर नै फर्किएका छन्। शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्ट नजिकै तीव्र गतिमा गुडिरहेको प्रदेश सचिवालयको जीप ट्रकको पछाडि ठोक्किएको हो ।

तपाईको प्रतिक्रिया