नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएपछि सुनसरीको हरिनगर गाउँपालिकामा पनि पार्टी एकता र समायोजित भएको छ ।

?????????????????????????????????????????????????????????

सुनसरीमा नेपाली कांग्रेसले पार्टी एकता तथा समायोजन गर्ने प्रक्रियालाई अगाडि बढाएसँगै हरिनगरमा समेत समायोजन प्रक्रिया पुरा भएको छ ।

मंगलबार एक कार्यक्रम आयोजना सांसद ताहिर अन्सारीको घरमा भएको गाउँपालिका स्तरीय भेलाले शिवहरी श्रेष्ठ सभापति, देवनारायण मेहता उप–सभापति, रन्जित मेहता, सह–सचिव नईम अन्सारी, सदस्य सरोज पंडित र जलेश्वर स्वर्णकारले जिम्मेवारी पाएका छन ।

समायोजन कार्यक्रममा नेपालीका कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, संविधानसभा सदस्य सूर्यदेव दास उराँव र शिवनारायण उराँव,

प्रदिप चौधरी, संजय श्रेष्ठ, हरिलाल मेहता उपसभापति, केदार भण्डारी सचिव, ४ नं क्षेत्रीय सभापति ऐयुव अन्सरी, सह–सभापति सदान्नदन मण्डल, युवा नेता जीवन विष्ट, हारुन अन्सारी, पंकज मेहता, अजमल

हुसैन हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी उपाध्यक्ष रिमझिम भगत लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया