बोलेरो र मोटरसाइकल ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकमै सवार साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको छ।

श्रीमान श्रीमती दुवैको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको र ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायव उरीक्षक कार्कीले बताए।

 

तपाईको प्रतिक्रिया